Monday, May 6, 2013

पौने ९ करोडका बिजेता पराजुली भेटिए

२४ वैशाख, काठमाण्डौं । कतार ड्युटी फ्री सपको १० लाख अमेरिकी डलर विजेता
डिल्लीराम पराजुली कतारमै कार्यरत नेपालीनागरिक भएको पुष्टि भएको छ ।
पुरस्कार घोषणा भएको निकै दिनसम्म उनको पत्तो नलाग्दा एकजना नेपालीले
पाएको करोडौं रुपैयाँ गुम्ने हो कि भन्ने आशंका बढेको थियो ।
तर, उनी पुरस्कार दाबी गर्न गइसकेका छन् । सन् १९९९ देखि कतारमा कार्यरत
साधारण श्रमिक डिल्लीरामले जितेको रकम प्राप्त गर्न कतार एयरवेजको र
ड्युटी फ्री कार्यालयमा सम्पर्क गरी सबै सक्कली कागजात बुझाइसकेका छन् ।
तर, राहदानीको हस्ताक्षर र हालको हस्ताक्षरमा फरक परेपछि उनी गत साता
दोहास्थित नेपाली दूतावास पुगेका थिए । दूतावासबाटै सन् २००४ मा राहदानी
नवीकरण गराएकाले उनी सो प्रमाणीकरण गर्न आएको राजधानी दैनिकमा खबर छ ।
नेपाली मिडियाले आवश्यकभन्दा बढी प्रचार गरेकाले फेसबुकसमेतबन्द गर्न
बाध्य भएको गुनासो गर्दै पराजुलीले आङ्खनो घर–ठेगाना सार्वजनिक नगरिदिन
अनुरोध गरेका छन् । साधारण परिवारमा जन्मेका डिल्लीरामले स्वदेश फर्कने
क्रममा विमानस्थलको बोर्डिङ गेटबाट पछाडि फर्केर ड्युटी फ्रीतिर हेर्दा
१० लाख अमेरिकी डलर लेखेको ठूलो बोर्ड देखेपछि चिट्ठा किनेको बताएका छन्

आफुले पहिलो पटक किनेकै चिट्ठा परेको पनि उनले खुलाए । जितेको पैसा के
गर्ने भन्ने योजना नबनाएका पराजुलीले थपे, 'हालसम्म प्रक्रियामै छ, रकम
प्राप्त भएपछि मात्रै योजना बनाउँछु ।' उनले यसभन्दा बढी आङ्खनो विवरण
सार्वजनिक गर्न मानेनन् ।source onlinekhabr.com

No comments:

Post a Comment